add

अध्यक्ष चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन






ActPro Nepal

|

२२ पुष, २०८०

|
143

काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन गरेको छ । नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । 

बैठकले निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरिएको छ । त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पङ्कज अग्रवाललाई निर्वाचित गरेको छ । यस क्रममा सो बैठकले संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ । 

बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ । विधान बमोजिम अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनीत गरेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.