add

फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक






ActPro Nepal

|

१७ पुष, २०८०

|
162

काठमाडौं । फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ ।

हालै एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो । ५७ लाख रुपैयाँको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने बताएको छ ।

यी ईभी भ्यानहरू यूरोपियन यूनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ ।

फोटोन नेपालका सेल्स हेड नविन आचार्यका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ । हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ ।

कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलो वाट पावरको क्याटल ब्याट्री रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.