add

५ लाखसम्म छुटमा हुन्डाईको गाडी किन्ने मौका, इभिमा झन् ५० हजार बोनस






ActPro Nepal

|

१६ पुष, २०८०

|
115

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित नयाँ योजना ल्याएको छ । कम्पनीले ‘हुन्डाई न्यु इयर डिलाइट–२०२४’ योजना ल्याएको हो ।

कम्पनीले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ । योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुट पाउनेछन् ।

यस्तै, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो–ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको नि:शुल्क बीमा सुविधा तथा नि:शसल्क सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन् ।

सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ । योजना अन्तर्गत हुन्डाईको कुनैपनि ह्याचव्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिने कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा बढी चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.