add

रोयल इन्फिल्डले ल्यायो ३५० सीसीको मिटिओर बाइक






ActPro Nepal

|

१२ पुष, २०८०

|
99

काठमाडौं । रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ । 

रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो । 

जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड रहेको कम्पनीले जनाएको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डुअल डिस्कब्रेक दिने जानकारी कम्पनीले दिएको छ । १५ लिटर फ्युल ट्यांक क्षमताका यी मोटरसाइकलले प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने पनि जनाइएको छ । 

कम्पनीले मिटिओर फायरबलको मूल्य ५ लाख ५० हजार, मिटिओर स्टेलरको ५ लाख ५५ हजार र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार तोकेको छ । कम्पनीले बिक्रीका लागि सबै भेरियन्टको बुकिङ समेत खुला गरिएको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.