add

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले १०० फास्ट चार्जिङ स्टेसन बनाउँदै






ActPro Nepal

|

४ मंसिर, २०८१

|
97

काठमाडौं । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले १ वर्ष भित्र देशका १०० स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन निर्माण गर्ने भएका छन् ।

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को बढ्दो प्रयोगलाई मध्येनजर गर्दै दुई व्यवसायिक घरना मिलेर १०० वटा फास्ट चार्जिङ स्टेसन विस्तार गर्ने भएका हुन् ।

दुई संस्था बीच चार्जिङ स्टेसन निर्माणमा सहकार्य गर्ने सम्झौता समेत भएको छ । यो सहकार्य नेपालमा ईभीको पूर्वाधार विस्तारमा एउटा महत्वपूर्ण कदम रहेको र ईभी प्रयोगकर्तालाई देशभर निर्धक्क यात्रा गर्न सजिलो बनाउने उनीहरूको भनाइ छ ।

दुवै ग्रुपले हाल देशभरका १६ बढी स्थानमा फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएका छन् । यिनले पोखरा, काठमाडौं, नारायणघाट, नेपालगन्ज, बुटवल, विराटनगर, वीरगञ्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसकेका छन् ।

शारडा ग्रुप नेपालका लागि निसान, ओमोडा, जेको र जिकर गाडीको आधिकारिक वितरक हो । त्यस्तै, गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.