add

निसानको एक्स–ट्रायल नेपालमा, मूल्य एक करोड ८७ लाख






ActPro Nepal

|

७ पुष, २०८०

|
112

काठमाडौं । पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसान मोटर कम्पनीको नेपालका निम्ति आधिकारिक वितरक पायोनियर पोटो कर्पले चौथो जेनेरेसनको एक्स–ट्रायल नेपालमा सार्वजनिक गरेको हो ।

निसानको दक्षिण एसिया निर्यात प्रमुख रघुनाथ नैर, पायोनियरका प्रबन्ध निर्देशक सन्दीप शारडा, निर्देशक गौरव शारडालगायत व्यक्तिले गाडी सार्वजनिक गरे । ई–पावरबाट सञ्चालित अत्याधुनिक प्रविधि र डिजाइनको गाडीमा ट्विन–मोटर ई–फोर्स अल–ह्विल ड्राइभ प्रणाली छ ।

चौथो जेनेरेसनको एक्स–ट्रायलमा अघिल्ला संकरणभन्दा उन्नत संरचना, प्रविधिसहितको एसयूभी डिजाइन र अल–ह्विल ड्राइभसहितको पावरट्रेन सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो गाडीले प्रतिकिलोमिटर १४६ देखि १४८ ग्राम कार्बन्डाइअक्साइड उत्सर्जन गर्ने कम्पनीले जनाएको छ ।

शून्यदेखि १०० किलोमिटरको गति ७.२ सेकेन्डमा दिने एक्स–ट्रायलको नेपालमा सार्वजनिक टप भेरियन्ट ‘एल३’को मूल्य एक करोड ८७ लाख रुपैयाँ रहेको निसानले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.