काठमाडौं । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
दशैंको समयमा हुने यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था गरेको हो । सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाउने जनाएको छ ।
तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।