add

होण्डाको मोटरसाइकल किन्दा १० लाख पाइने






ActPro Nepal

|

९ असोज, २०८०

|
180

काठमाडौं । होण्डाले ‘दशैंमा दश लाख’ उपहार योजना ल्याएको छ । होण्डा टु ह्वीलर्स्को नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग दशैंमा मोटरसाइकल किन्न चाहने ग्राहकलाई लक्षित गर्दै यो उपहार योजना ल्याएको हो ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्कीम’ अन्र्तगत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे सर्भिसिङ प्याकेज पाउने छन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहके छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

योयोजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.