add

रोयल इनफिल्डको सोरुम टेकुमा






ActPro Nepal

|

६ असोज, २०८०

|
188

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको टेकुमा सोरुम सञ्चालनमा ल्याएको छ ।


काठमाडौँको नारायण चौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै कम्पनीका अत्याधुनिक दुईवटा सोरुम सञ्चालनमा थिए ।

रोयल इनफिल्ड मोटरसाइकल सोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ । सोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो, जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ ।

अल्फा अटोमोटिभ प्रालिले आफ्नो एवं डिलरसमेत गरी कम्पनी मापदण्डका हाल १८ वटा सोरुम सञ्चालन गरिरहेको छ । चाँडै थप ३ वटा (वीरगन्ज, विराटनगर र धनगढी) मा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ ।

अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमूलक उद्योग व्यवसाय, बैंकिङ, बिमा एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.