add

१५औँ नाडा अटो शो २०२३ सम्पन्न, ७६ हजारभन्दा बढी दर्शकले गरे अवलोकन






ActPro Nepal

|

२ असोज, २०८०

|
182

काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो शो २०२३ आज भदौ ३१ गते आइतबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । माननीय अर्थमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरेको १५औँ संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार १ सय दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएका छन् । 

निकै व्यवस्थित रूपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रूपमा सिँगारिएका स्टल र अन्तर्राष्ट्रिय रूपमा नाम चलेका लेटेस्ट मोडेलका सवारीसाधनहरूका कारण यो प्रदर्शनी निकै भव्य रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ । थुप्रै नयाँ ब्रान्डका सवारीसाधनहरूका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो विगतमा भन्दा निकै भव्य र बृहत् भएको अवलोकनकर्ताहरूले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शोले देशको अर्थव्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहिनेत गरेको देखिन्छ भने प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इङ्क प्रालि (बीवाईडी)ले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) ले जितेको छ । 

त्यसैगरी, लाइट कमर्सियल भेहिकलको बेस्ट स्टल अवार्ड आयाम इण्टरनेसनल प्रालि (फोर्स मोटर्स) ले जितेको छ र बेस्ट सर्पोटिङ स्टलको बेस्ट अवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्विमोली स्टुडियोजले) जितेको   छ । 

नाडाले उत्कृष्ट स्टलहरूको छनोट गर्न नाडाका केन्द्रीय कार्यसमिति सदस्य सुनील रिजाल, पत्रकारको तर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शोका सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिका निर्देशक केशव खत्रीसमेत सदस्य रहने गरी तीन सदस्यीय छनोट समितिसमेत गठन गरेको थियो ।

नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वर्ल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो । नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफ्नो टिकटसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ  ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. ध्रुव थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्वअध्यक्ष सुनील खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, जानकी अटोमोबाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो प्रदर्शनीमा सहभागी १२० कम्पनीहरूलाई क्रमशः मोमेण्टोसमेत वितरण गरेका थिए । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो ।

त्यसैगरी, सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिट्को प्रालिले गरेको थियो र प्रदर्शनीको प्रचारप्रसारको कार्य एभरेस्ट एडले गरेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.