add

सिप्रदी अटो पार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता​






ActPro Nepal

|

२८ भदौ, २०८०

|
353

काठमाडौं । सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच वित्तीय सम्झौता भएको छ ।

टाटा जेन्युन् पार्ट्स र टाटा मोटर्स जेन्युन् आयलको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदीले खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउनका लागि सम्झौता गरेको हो ।

सम्झौतामा सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनलका बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी श्रेया मोटर पार्ट्स, विजेता अटो पार्ट्स, कालीदेवी–सेतीदेवी मोटर पार्ट्स र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर प्रदान गरिएको छ ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापनलाई सहज र सरल ढंगबाट काम गर्न सक्छन् ।

सफ्टवेयर प्रयोग खुद्रा बिक्रेताहरूको व्यापार वृद्धि र व्यवस्थापनमा माइलस्टोन हुन कम्पनीको विश्वास छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.