add

टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा पाइने






ActPro Nepal

|

२८ भदौ, २०८०

|
326

काठमाडौं ।  टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट र नेपालको अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ। 

अनलाइन स्टोर दराजमा टाटा जेन्युइन पार्ट र टाटा मोर्टस् जेन्युइन आयल उपलब्ध हुन थालेको छ।

काठमाडौंस्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थितिमा सिप्रदी अटोपार्टसका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो।

अब टाटा मोटर्सका ग्राहकहरूले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन्। 

यसबाट ग्राहकहरू नक्कली पार्टपूर्जाबाट ठगिनबाट बच्ने र उचित मूल्यमा जेन्युइन पार्टहरू प्राप्त गर्न सक्नेछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.