add

आइएमई मोटर्स बन्याे मोविलिटिका विद्युतीय गाडि र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक






ActPro Nepal

|

२२ भदौ, २०८०

|
435

काठमाडौं । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ। 

अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकाे हाे। 

सम्झौतामा स्वीच मोविलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन्। अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्वीच मोविलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरु उत्पादन तथा वितरण सुरु गरेको छ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो।अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबिच भारतीय यातायात मन्त्री नितिन गड्करीले स्वीच मोविलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरेकाे हो। 

त्यसैगरी,आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ।अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ।

अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ। अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.