काठमाडौं । भारतीय बजारमा होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट लन्च भएकाे छ। हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा र किया सेल्टोस जस्ता कारसँग यसले प्रतिस्पर्धा गर्नेछ। एलिभेट एसयूभी ४ भेरिएन्ट एसभी, भी, भीएक्स र जेडएक्समा उपलब्ध छ।
एलिभेटमा मा १.५ लिटर भीटेक पेट्रोल इन्जिन जडान गरिएको छ,जसले अधिकतम १२१ बीएचपी पावर र १४५.१ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी गियरबक्समा जोडिएको छ एलिभेट एसयूभीको म्यानुअल भेरिएन्टले १५.३१ किमी/लिटर माइलेज दिने होन्डाले जनाएको छ।
एलिभेट एसयूभी बक्सी फ्रन्ट प्रोफाइलको साथ उपलब्ध छ।यसमा ब्ल्याक रेडिएटर ग्रिल, एलईडी हेडलाइट, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेललाइट, ब्ल्याक फग ल्याम्प हाउसिङ्स र ह्विल आर्च हाउसिङ स्पोर्टी १७ इन्च अलोय ह्विलको । एसयूभीमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ।
एलिभेटको बुकिङ उत्साहजनक रहेको कम्पनीले जानकारी दिएको छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ,साथै ७ इन्चको एचडी कलर टीएफटी ड्राइभर डिस्प्ले र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता धेरै फिचर पनि उपलब्ध छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।