add

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो






ActPro Nepal

|

९ साउन, २०८०

|
265

काठमाडौं । टाटा मोटर्सका जेन्युइन पार्टसहरूको मूल्य समायोजन भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहककोे चाहना र अपेक्षालाई मध्येनजर गर्दै मूल्य समायोजन गरेको हो ।

विद्यमान प्रतिकूल परिस्थितिको असरलाई केही कम गर्ने उद्देश्यले टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरूको मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ । अब ग्राहकले पहिलेको तुलनामा सस्तो मूल्यमा टाटाका जेन्यूइन पार्ट्सहरू किन्न पाउने छन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरूमा अनुभवि तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् ।

समायोजन भएको मूल्य साउन १ गतेदेखि सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको कम्पनीले जनाएको छ ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरूमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.