add

साउन ८ देखि टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक






ActPro Nepal

|

६ साउन, २०८०

|
248

काठमाडौँ । यही साउन ८ गतेदेखि टाटा मोटर्स शोरूमहरूमा मनसून म्याजिक सुरु हुने भएको छ ।

विद्युतीय सवारीको बढ्दो आकर्षण र मागलाई मध्ये नजर गर्दै सिप्रदी ट्रेडिङले टाटाका नेपाल भरका शोरुममा मनसून म्याजिक नाम दिइएको एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

यस एक्सचेन्ज क्याम्पमा पेट्रोल वा डिजेलबाट चल्ने जुनसुकै ब्राण्डको गाडीसँग टाटाका विद्युतीय सवारी साट्न सकिने छ । अर्थात् ग्राहकले जुनसुकै ब्राण्डको गाडीसँग टाटाको नेक्सन ईभी र टिगोर ईभी साट्न सक्नेछन् ।

साथै, ८० प्रतिशतसम्म फाइनान्सिङ्ग सुविधा, इन्स्योरेन्स सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, निःशुल्क गाडीको थप एक्सेसोरिज सुविधा पाउने छन् ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै पुरानो गाडीको पनि न्यूनतम ४ लाख मूल्यांकन गरिने कम्पनीले जनाएको छ ।

यो अफर सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा सीमित अवधिका लागि मात्रै सञ्चालन हुने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.