add

होण्डाको एक्सचेन्जर फाइनान्स मेलामा ग्राहकको आकर्षण






ActPro Nepal

|

३१ जेठ, २०८०

|
267

काठमाडौं । नेपालमै सर्बाधिक बिक्री हुने होण्डा मोटरसाइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा ‘एक्सचेन्जर फाइनान्स मेला’ भइरहेको जनाएको छ।

आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाई छ।

मेलामा, आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्दा उच्च मूल्याङ्कन रकमका साथ तुरुन्तै पाँच हजार रूपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ। साथमा १० हजार रूपैयाँसम्मको आकर्षक 'स्क्र्याच कुपन' ले पनि धेरैभन्दा धेरै ग्राहक लाभान्वित भइरहेका छन्।

मेलामा सस्तो अग्रिम भुक्तानी र निकै कम ब्याजदरमा नयाँ होण्डा मोटरसाइकल खरिद पनि गर्न सकिन्छ। 'होण्डा फाइनान्स' मार्फत ५९ हजार ९ सय ९९ रूपैयाँको अग्रिम भुक्तानी र मात्रै एक प्रतिशत ब्याजदरमा मेलाबाट नयाँ होण्डा मोटरसाइकल चढ्ने पाइने भएपछि ग्राहक सन्तुष्ट भएको आयोजक स्याकार ट्रेडिङ कम्पनीको विश्वास छ।

जुन १ देखि सुरू भएको मेलाका योजनाहरूमा सहभागी हुन हाललाई काठमाडौंको होण्डा मोटरसाइकलको सबै डिलरहरूमा सम्पर्क गर्न सकिनेछ भने छिट्टै नै होण्डा ‘एक्सचेन्जर फाइनान्स मेला’ देशभर पनि लागु हुने कम्पनीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.