add

पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर संचालनमा






ActPro Nepal

|

२० चैत, २०७९

|
410

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिब वितरक आइएमई मोटर्सले पोखरामा नयाँ शाखा र सर्भिस सेन्चर संचालनमा ल्याएको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्येनजर गर्दै आइतबारदेखि पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा नयाँ शाखा र सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

छिटो र भपरर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका उक्त शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।  आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले कम्पनीको ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी नेटवर्क विस्तार गरेको बताए ।

‘हाम्रो प्रतिबद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई हाम्रा आदरणीय ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ,’ उनले भने ।

उनले ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आईएमई मोटर्स/अशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध रहेको बताए ।  कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट–इन–क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ रहेको उनको भनाइ छ ।

ग्राहकका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सले यो शाखा विस्ताले नेपाली बजारमा अझ गहिरो पहुँच राख्ने र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने  बताएको छ ।

अशोक लेल्यान्डका देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा ल्याउँदै छ । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा आउँदै छन् ।

विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइने कम्पनीले बताएको छ ।

साथै, आइएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, भएएचपीपीएल (भेन्चर हायर पर्चेज प्रालि) र नबिल बैंकसँग सम्झौता गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.