add

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा






ActPro Nepal

|

२८ फागुन, २०७९

|
378

काठमाडौ । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसको विक्री वितरण आरम्भ गरेको हो ।

नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ ।

कम्पनीको अनुसार “स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि जस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ,“।

“यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्दछ“ ।

एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाई बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.