add

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री ह्विलर अटो 'ट्रियो र यारी'मा नगद छुट






ActPro Nepal

|

२४ माघ, २०७९

|
485

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) को ट्रियो इलेक्ट्रिक अटो र यारी माघ २२ (आइतबार) ३ नयाँ बिक्री केन्द्रबाट सार्वजनिक गरिएको छ।

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर दमक, भैरहवा र नेपालगञ्जबाट सार्वजनिक गरिएको हो। अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्रसहित १२ वटा महिन्द्राका शोरुमहरूमा 'नगद छुट र एक्सचेन्ज' मेलाको घोषणासमेत गरिएको छ।

ती १२ वटा शोरुमहरू बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतलगायत शहर छन्। १२ वटा महिन्द्रा बिक्रीकेन्द्रमा एकै साथ एक कार्यक्रम आयोजना गरी यस 'नगद छुट मेला र अटो सटही योजना' ल्याइएको हो।

जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रिया र यारी' खरिद गरेवापत ४० हजार सम्मको नगद छुट दिने योजना ल्याइएको छ। यो योजना २०२३को पूरै फेब्रुअरी महिनाभर लागु हुनेछ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रियो' र 'यारी' को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने विश्वास लिइएको छ। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने  अपेक्षा कम्पनीले राखेको छ।

महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीको विश्ववास छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.