काठमाडौँ । भ्यालेन्टाइनका अवसरमा यामाहाले अत्यन्त रोमान्चक र रोमान्टिक ‘की टु द गोल्डेन हार्ट’ स्किम ल्याएको छ ।
सो स्किमले एक लाखसम्मको क्यासब्याकको अफर रहेको छ । त्यस्तै, यामाहाका सीमित मोडलहरुको खरिदमा हरेक हप्ता एकजना विजेताले सुनको लकेट र यामाहाको सुनको चावी उपहारस्वरु पाउनेछन् ।
हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबीपनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सिमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुनेछ। यी मोडेलहरुमा FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI र Ray Z 113 cc रहेका छन्। यो अफर यामाहा स्कुटरमा १७ फेब्रुअरी, २०२३ सम्म मात्र लागू हुनेछ भने यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ ।
खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि रहेको छ । खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छन्, जुन पूर्ण रकमको २० प्रतिशत हो ।
यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ। ‘हामी यो मायाको याममा ‘कि टु द गोल्डेन हार्ट’ अफर सुरु गर्न पाउँदा अत्यन्तै हर्षित छौँ ।
योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याजदरमा बाइक र स्कुटर किन्न पाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ’, यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङले बताएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।