काठमाडौँ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ।
१४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ ।
यसको ८५ KW पावर तथा २९० nm टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ। यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ ।
फोटोनका भ्यानहरू शैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त रहेको बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।