add

सियामद्धारा आयोजित ‘अटो ट्रेड डाइलग’मा नाडाको सहभागिता






ActPro Nepal

|

५ माघ, २०७९

|
412

काठमाडैं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले (सियाम)ले आयोजना गरेको अटो ट्रेड डाइलगमा सहभागीता जनाएको छ ।

भारतको ग्रेटर नोइडामा पुस २९ देखि माघ ४ गतेसम्म १६ औं अटो एक्स्पो २०२३ अन्तर्ग भएको उक्त कार्यक्रममा नाडाका अध्यक्ष्य ध्रुव थापासहितको पदाधिकारीले सहभागिता जनाएका हुन् ।

अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष धु्रव थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौति र समस्याहरूका बारेमा आफनो धारणा राखेका थिए । त्यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेन्ड’ विषयमा विशेष प्रस्तुति दिएका थिए

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोबाइल व्यवसायका चुनौतिहरू बारे चर्चा गरेका थिए ।

सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, सियामले पुस २८ गते आयोजना गरेको ईभी डिस्कशनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी थिए ।

सियामले नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई सो डाइलग र डिस्कशन कार्यक्रमहरूमा सहभागी भई आफनो धारणाहरू राखीदिन निमन्त्रणा समेत गरेको थियो ।

यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले पुस २७ गते देखि माघ १ गतेसम्म दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू लगायत नाडाका सदस्य कम्पनीहरूले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए ।

यसबाट नाडाको सियाम र एक्मा बीचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । नाडाले पनि हरेक वर्षको दशैं अगाडि भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.