काठमाडाैं । राइड सेयरिङ एप इनड्राइभर नेपालमा दर्ता गराउने प्रक्रियामा अघि बढेकाे छ । गएकाे अक्टाेबरमा नै विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएकाे कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले जारी गरेकाे प्रस वक्तव्यमा उल्लेख गरिएकाे छ ।
दर्ता प्रकृया अघि बढेपनि अपेक्षा गरेभन्दा धेरै समय लागेकाे पनि कम्पनीले स्वीकार गरेकाे छ । यस्तै कम्पनीले हालसम्म कुनै नाफा नकमाएकाे र सुरक्षा ब्यवस्था मैत्री एप भएकाे जनाएकाे छ ।
‘कम्पनीको रूपमा हामीले देशमा हाम्रा गतिविधिहरूबाट कुनै आम्दानी र नाफा कमाउँदैनौं। हामीले चालकबाट कुनै कमिसन लिदैनौँ। यसबाहेक, इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको छ ।’ वक्तव्यमा उल्लेख गरिएकाे छ, ‘हाम्रो एपले आफैंमा सुरक्षा प्रवर्द्धन गर्ने सुविधाहरू पनि समावेश गर्दछ, जसमा स्थान–साझेदारी सुविधा र स्थानीय पुलिससँग सीधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ। हाम्रा चालकहरूलाई हाम्रा यात्रुहरूलाई सेवा प्रदान गर्न अनुमति दिनुअघि हाम्रो कोर टोलीले राम्ररी जाँच र प्रमाणीकरण गरेको छ ।’
पछिल्लाे समय उक्त कम्पनी नेपालमा गैरकानुनी रूपमा संचालन भइरहेकाे भन्दै चाैतर्फि विराेध भइरहँदा कम्पनीले यस्ताे वक्तव्य जारी गरेकाे हाे ।
वक्तव्य:
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।