काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीकाे ‘ई सिक्स’ (BYD e6) कारका लागि नेपाली बजारमा २०० भन्दा बढी बुकिङ भएकाे छ । नेपालका लागि बीवाईडी गाडी बिक्री गर्दै आएकाे साइमेक्स इंक प्रालिले पछिल्लाे डेढ महिनाकाे अवधिमा याे सङ्ख्यामा नेपालीहरूले ‘ई सिक्स’ बुक गरेकाे जानकारी दियाे ।
बुकिङ गरेका ग्राहकलाई यही सातादेखि गाडी वितरण गरिने साइमेक्सका सिनियर म्यानेजर आशुतोष गौतमले जानकारी दिए । ‘ई सिक्स’ले एक पटकको फुल चार्जमा ५२२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएकाे छ । ७१.७ किलोवाटआवर ब्याट्री क्षमता रहेको कार ब्लेड ब्याट्रीमा उपलब्ध छ, जसलाई फास्ट चार्जरबाट एक घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ । त्यस्तै प्रति घण्टा १३० किलोमिटर सम्मको उच्च गतिमा गुडाउन सकिने कम्पनीकाे दाबी छ ।
७० किलोवाट मोटर क्षमता रहेको यो गाडीले अधिकतम १८० एनएम सम्मको टर्क जेनेरेट गर्दछ । नेपाली बजारमा यो गाडीको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै बीवाईडीकाे पछिल्लाे कार एट्टाे थी पछिल्लाे डेढ महिनाकाे अवधिमा नेपाली बजारमा १५० जनाले बुकिङ गरेकाे साइमेक्स इंकले जनाएकाे छ । याे गाडीकाे मूल्य ८९ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।