add

नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा धनुषाको ढल्केवरमा प्रदर्शन






ActPro Nepal

|

२६ मंसिर, २०७९

|
448

काठमाडौं । नाडा अटो मोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को मधेश प्रदेशको संस्थागत सदस्य जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालले धनुषाको ढल्केवरमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक विरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेको छ । 

राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्यामा परेको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित बनेका थिए । धनुषाको ढल्केवरका उद्योगी व्यवसायीहरु हात हातमा प्लेकार्ड बोकेर पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए । 

मिथिला उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा उनीहरूले सरकार र राष्ट्र बैंक विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले मौद्रिक नीति परिमार्जन गर, चालू पूँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने ?, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर, बैंकहरुले गरेको बदमासीको सजाय व्यापारीलाई किन ? लेखिएको प्लेकार्डहरु बोकेर नाराबाजी गरेका थिए ।

सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेपछि बाध्य भएर आन्दोलनमा होमिनु परेको जानकी अटोमोबाइल्स अफ नेपाल, मधेश प्रदेशको अध्यक्ष समेत रहेका मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताए । 

अध्यक्ष साहले कर्जाको व्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसाय नै धराशायी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिंदै उनले राष्ट्र बैंकले मौद्रिक नीति नसच्याएसम्म आफूहरुको चरणबद्ध आन्दोलन जारी बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.