add

अटो व्यवसायमा कर्जा सीमा नहटेकोमा व्यवसायीको विरोध






ActPro Nepal

|

२३ मंसिर, २०७९

|
467

काठमाडौं । सरकारले विदेशी सामान आयात खुला गरे पनि अटो व्यवसायमा लगाउँदै आएको कर्जा सीमा नहटाएसम्म व्यवसायमा सुधार नआउने व्यवसायीहरूले बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित विरोध प्रर्दशनमा उनीहरूले अटो कर्जाको सीमा अन्त्य र एलसी खेल्दा नगद मार्जिन हटाउन नेपाल राष्ट्र बैंक र सरकारलाई आग्रह गरेका हुन्

प्रर्दशनमा सहभागीहरुले बैंक ब्याजदर नियन्त्रण गर्न पनि नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरेका छन् । खुला अर्थतन्त्रमा यसरी कर्जामा सीमा लगाएका कारण अटो व्यवसाय चौपट भएको उनीहरूको दुखेसो छ । 

साथै, तरलता अभावलाई सहज बनाउन, बैंकहरूलाई अटो व्यवसायमा लगानी बढाउने गरी ढोका खोल्न उनीहरूको आग्रह छ । सरकारले अटो व्यवसायललाई सहज बनाउने वातावरण बनाउन पनि आग्रह छ । प्रर्दशनमा सहभागीहरूको भनाइ छ,  निजी क्षेत्र सरकार विरोधी होइनन् सरकारलाई सहयोग नै गर्न स्थापना भएका हुन् । तर, राष्ट्र बैंक र सरकारले ल्याएका नीति अटो व्यवसायीविरोधी छन् । त्यसलाई सुधार गर्नुपर्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.