add

बससेवाले शुरु गर्‍यो अत्याधुनिक यात्रु प्रतिक्षालय, बस कुर्दा इण्टरनेटदेखि चिया कफीसम्मका सुविधा






ActPro Nepal

|

२५ कार्तिक, २०७९

|
398

काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकेटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ ।

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्बजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरि नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो । यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो ।

लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे । लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निशुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएकोे छ ।

लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए ।

उनले भने ‘सार्बजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन ।

बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ ।

देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ । चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ । ’

यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए ।

पछिल्ला दिनमा फुटपाथमा हिड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरुको उदाहरण दिँदै उहाँले यात्रुको सुरक्षामा समेत लाउञ्जको ठुलो भूमिका हुने जानकारी दिए ।

यसैगरी चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

यस्तै बससेवा डटकमका सिइओ पिआर खनालले भने ‘यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो ।

एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरिरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेका हौँ । यस लाउञ्जले यात्रुहरुलाई सहज बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ ।

यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.