add

हिरोको ‘एक्सपल्स २०० फोरभी’, ‘ग्ल्यामर एक्सटेक’ र ‘मेस्ट्रो एज’ नेपाली बजारमा






ActPro Nepal

|

२० चैत, २०७८

|
821

काठमाडौं । हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

भक्तपुरको सल्लाघारीमा एक कार्यक्रमको आयोजना गरि एक्सपल्स २०० फोर भी, ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज १२५ सार्वजनिक गरेको हो । यी सबै मोडल बीएस ६ संस्करणका हुन् ।

जसमध्ये एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार, ग्ल्यामर एक्सटेकको २ लाख ७६ हजार र मेस्ट्रो स्कुटरको २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

एक्सपल्समा २०० सिसी क्षमताको बीएस ६ आयल कुल्ड इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलको अधिकतम पवार १९.१ पिएस र टर्क १७.३५ एनएम रहेको छ ।

यो मोटरसाइकलमा हिरो मोटोकर्पले सेग्मेन्टकै उत्कृष्ट कुलिङ सिस्टम उपलब्ध गराएको दाबी गरेको छ ।

साथै यो मोटरसाइकलमा एलइडी हेडलाइट, स्मार्ट फोन कनेक्टिभिटी र कल अलर्ट, टर्न वाई टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड, डवल ट्रिप मिटर, सिंगल च्यानल एबिएस जस्ता सेग्मेन्ट फष्ट फिचर्स दिइएको छ ।

ग्ल्यामरमा साइड स्ट्याण्ड इन्जिन कट, ब्लुटुथ केनेक्ट फिचर, मोवाइल चार्जर, नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ ।

यो मोटरसाइकलमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०.७ बीएच पावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर उपलब्ध छ ।

आई थ्री एस भनिने आइडल, स्टार्ट–स्टप प्रबिधी समेत उपलब्ध यसमा अटो सेल टेक्नोलोजी समेत दिइएको छ ।

यो मोटरसाइकलमा इन्टिग्रेटेड यूएसबी चार्र्जिङ, कल र एसएमस अलर्ट सहितको ब्लुटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन, साइड स्ट्यान्ड भिजुअल इन्डिकेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ, ५ स्टेप एड्जस्टेवल हाइड्रोलिक शक अब्जर्वर सस्पेन्सन जस्ता फिचर्स रहेको छ ।

अगाडी चक्कामा २४० एमएममको डिस्क ब्रेक, फराकिलो टायर, १८० एमएमको ग्राउन्ड क्लिरियन्स जस्ता फिचर्स उपलब्ध गराइएको छ ।यो मोटरसाइकलको मूल्य २ लाख ७६ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री सुरु गरेको हो ।

त्यस्तै कम्पनीले बीएस ६ इन्जिनमा मेस्ट्रो एज १२५ मा समेत कनेक्ट फिचर थप गरेर सार्वजनिक गरेको हो । मेस्ट्रो एज १२५ मा डिजिटल स्पीडोमिटर, प्रोजेक्टर एलइडी हेडल्याम्प, ब्लुटुथ केनेक्टीभिटी, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरमा १२४.६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिलने ९ हर्सपावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरमा प्रोजेक्टर हेडल्याम्पलाई सेग्मेन्टमै पहिलो फिचर्सका रुपमा उपलब्ध गराइएको छ । ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण डिजिटल स्पिडोमिटर, टर्न वाई टर्न नेभिगेसन, मिक कल अलर्ट, रियल–टाइम माइलेज इन्डिकेसन, इको इन्डिकेटर र लो फ्याुल इन्डिकेटर जस्ता फिचर्स सामेल गराइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.