add

यामाहाका एफजेडएस एफआईको डिलक्स भेरियन्ट बजारमा






ActPro Nepal

|

२० पुष, २०७८

|
880

काठमाडौं । यामाहाले एफजेडएस एफआईलाई नयाँ स्टाइलमा सार्वजनिक गरेको छ। यसको सबैभन्दा माथिल्लो भेरियन्टको रुपमा एफजेडएस एफआईको डिलक्स भेरियन्टसमेत सार्वजनिक गरिएको छ।

एफजेडएस एफआईको २०२२ मोडलको मूल्य १ लाख १६ हजार भारु तोकिएको छ। यो मोटरसाइकल मेट रेड र मेट ब्लु कलरमा उपलब्ध हुनेछन्। यसमा नयाँ फिचरको रुपमा एलईडी टेललाइट रहेकाे छ।

त्यसैगरी एफजेडएस एफआई डिलक्सको मूल्य १ लाख १९ हजार भारु तोकिएको छ। यो मोटरसाइकल मेटालिक ब्लु, मेटालिक डिप रेड र सोलिड ग्रे कलरमा उपलब्ध हुनेछन्। यसमा नयाँ फिचरको रुपमा कलर्ड अलोय ह्विल, नयाँ ग्राफिक्स, एलईडी फ्ल्यासर्स, एलईडी टेललाइट र ड्युअल टोन कलर्ड सिट जस्ता विशेषता उपलब्ध छन् । 

एफजेडएस एफआई मोडलका सबै मोटरसाइकलमा १४९ सीसीको इन्जिन छ, जसले १२.४ पीएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ। यी मोटरसाइकलमा ब्लुटुथ इनेबल्ड कनेक्ट–एक्स एप छ, जसले एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड र हजार्डका साथ राइडिङ हिस्ट्रीसमेत देखाउँछ।

त्यसैगरी यसमा सिंगल च्यानल एबीएस, रियर डिस्क ब्रेक, मल्टी फङसनल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र लोअर इन्जिन गार्डसमेतका विभिन्न विशेषता छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.