भारतमा कार उत्पादन बन्द गर्दै फोर्ड, ४ हजार कर्मचारीको रोजगारी जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो ।

जसको कारण भारतमा रहेका फोर्डको प्लान्टमा काम गर्ने ४,००० भन्दा धेरै कर्मचारीको रोजगारी खोसिने जोखिम बढेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीले बताएको छ ।

केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि परेको छ ।

कम्पनीका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर दुई अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ ।

सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो । बीबीसी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।