add

सुरक्षित र गुणस्तरीय 'युरो ग्रिप टायर'






ActPro Nepal

|

१० साउन, २०७८

|
1337

दिपक घिमिरे

काठमाडौं । आजकल युवामाझ आफ्नो बाइकलाई आकर्षक देखाउने होडबाजिनै चल्ने गर्छ । 

आफ्नो बाइकको लुक्स चेन्ज गर्नका लागि  मोडिफाइ गर्ने ट्रेन्डनै युवा माझ चलिरहेको छ । बाइकलाई  मोडिफाइ गर्दा टायर सबैभन्दा महत्वपूर्ण पाटर्स हुन्छ । बाइकमा ठूला टायर प्रयोग गर्दा जुनसुकै बाइकको पनि स्पोर्टी लुक्स आउँछ । 

यसकारण पनि बाइक मोडिफाइ गर्दा टायर महत्वपूर्ण हुने गर्छ । बाइकमा मोटो तथा ठूला टायर प्रयोग गर्दा यसका फाइदा तथा बेफाइदा दुबै रहेका छन् ।

बाइकमा कुन साइजको टायर प्रयोग गर्ने भन्नेकुरा आफैमा भर पर्ने कुरा हो ।  जसको सहजताको लागि हंसराज हुलासचन्द कम्पनीको  युरो ग्रिप टायर उत्तम देखिदै आएको छ । 

नेपालमा युरोप ग्रिप टायर वि.सं. २०७२ मा प्रवेश गरेको हो । नेपाली बजारमा हंसराज हुलासचन्द कम्पनीले यस टायरलाई भित्र्याउँदै आएको छ । 

यो टायर नेपालमा भित्रिएको पहिलो बर्ष नै युरो ग्रिप ब्राण्डको यस टायर प्रति उपभोक्ताहरुको राम्रो आकर्षण रहँदै आएको छ ।

नेपालमा प्रवेश गरेको शुरुकै बर्ष करिब ५ प्रतिशत बजार हिस्सा ओगट्न सफल यस टायरले दोस्रो र तेस्रो बर्ष पनि राम्रो प्रगति गर्न सक्यो । अहिले यस ब्राण्डले करिब ६ प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ ।


देशको विषम परिस्थितिले समग्र व्यावसायिक क्षेत्र नै धराशयी भइरहेको कारण यसको प्रत्यक्ष मार टायर व्यवसायमा पनि परेको छ । यद्यपि समग्रमा बजार अवस्था राम्रो छ । 

टर्निङमा नचिप्लने, सुरक्षित र उच्चगुणस्तरीय यस टायरमा  १ बर्ष वारेन्टी सुविधा छ । त्यस अवधिमा टायरमा कुनै समस्या देखिए एक्सचेन्ज गरिने  युरो ग्रिप टायरका म्यानेजर बादल लाभले बताए । 

यस कम्पनीले आफ्नो बजार सञ्जाल निकै राम्रो बनाएको छ । शुरुका बर्ष २२ ओटा डिलरबाट काम शुरु गरेको यस कम्पनीले हाल देशभर ४५ ओटा डिलर मार्फत आफ्ना वस्तुहरु बिक्री वितरण गर्दै आएको छ उनले एक्ट प्रो नेपाललाई भने । 

देशका सोलुखुम्बु, डोल्पा, रोल्पा लगायत सबैजसो दुर्गम क्षेत्रहरु समेटिने गरी यस कम्पनीले आफ्नो सेवा उपलब्ध गराइरहेको बादल लाभ बताउँछन् । 


साथै बिक्रीपछिको सेवालाई कम्पनीले विशेष ध्यान केन्द्रित गर्दै आएको छ ।

स्मरण रहोस्, बजाज बाइक शुरुमा कम्पनीमा तयार हुने समयमा नै युरो ग्रिप टायर नै फिट गरेर बजार पठाइएको हुन्छ । जसले गर्दा उपभोक्तालाई यस टायर प्रति अझ विश्वस्त हुन सहयोग पुग्छ । 

मोटरसाइकललाई दीर्घकाल सम्म स्वस्थ बनाउनमा टायरको मुख्य भूमिका रहने गर्छ । सोहीकारण उपभोक्ताले राम्रो गुणस्तरको टायर मात्र प्रयोग गर्नुपर्छ भन्ने बुझेका सचेत उपभोक्ताहरु पफर्मेन्स र पिकअपलाई समेत ध्यानमा राख्दै राम्रो यस ब्राण्डको टायर खरिद गर्दै आएका छन् । 


सुरक्षाको लागि  उत्तम विकल्प बन्ने यो टायर हेर्दा आकर्षित, उच्च गुणस्तरीय  र सुरक्षित रहेकै कारण उपभोक्ताको रोजाइमा पर्न सफल छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.