add

इलेक्ट्रिक स्कुटी ‘एनआइयू गोभा ०३’ नेपालमा आयो, यस्ता छन् विशेषता






ActPro Nepal

|

२७ जेठ, २०७८

|
732

काठमाडौं । पछिल्लो समयमा विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै इको इन्फिनिटी प्रालिले नयाँ मोडल ‘एनआइयू गोभा ०३’ सार्वजनिक गरेको छ ।

एनआइयूको लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले झन्डै चार वर्षअघि यो ब्राण्ड नेपाल भित्र्याएको हो ।

कम्पनीले हाल देशभर ६ ठाउँमा आफ्नो डिलर विस्तार गरिसकेको छ । पेट्रोल र डिजेलको मूल्य बढेसँगै धेरैजसो उपत्यकाभित्र र सहरी क्षेत्रमा बसोबास गर्ने जमातले विद्युतीय सवारीप्रति चासो देखाइरहेका छन् । त्योमध्ये एक हो ‘एनआइयू’ ।

यसको प्री-अर्डरको लागि उपलब्ध छ । हाल यसको बजार मूल्य २ लाख ५५ हजार रुपैयाँ  तोकिएको छ । ६० भोल्टको ब्याट्री जडित गोभा०३ ले एकपटक पूरा चार्ज गर्दा ६४ देखि ७४ किलोमिटरसम्मको माइलेज दिन्छ ।

यो स्कुटर फुल चार्ज गर्न जम्मा ६.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ । एनआइयूका विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः 

           मोडल                मूल्य

१- एनक्युआई           २ लाख ५५ हजार 

२- एनजिटी              ४ लाख४५ हजार 

३- एमक्युआई           १ लाख ९५ हजार 

४- एमक्युआई प्लस    २ लाख ३९ हजार


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.