add

यी हुन् कोरोना संक्रमणमा सबैभन्दा धेरै नाफा कमाउने कार कम्पनी






ActPro Nepal

|

१० जेठ, २०७८

|
925

काठमाडौं । पछिल्लो वर्ष कोरोना संक्रमणको कारण हरेक क्षेत्र प्रभावित बने । जसको असर अहिलेपनि जारी नै छ ।

कोरोनाको कारण अटोमोबाइल्स क्षेत्रमा पनि निकै असर परिरहेको छ । कोरोनाको कारण कार बिक्रीमा निकै कमी आयो ।

नोबेम्बर, डिसेम्बरमा कार बिक्रीमा केही गति देखिएपनि कोरोनाको दोस्रो लहरको कारण फेरि यो क्षेत्र प्रभावमा परेको छ । यी हुन् कोरोना संक्रमणमा सबैभन्दा धेरै नाफा कमाउने कार कम्पनीः

१. मारुति सुजुकी

कोरोना संक्रमणको कारण कार बिक्रीमा केही कमी आएपनि मारुति सुजुकी कम्पनीले सन् २०२० सबैभन्दा धेरै कार बेच्यो । २०२०/२०२१ मा मारुति सुजुकीको शेयर ४८ प्रतिशत बढ्यो ।

२. हुन्डाई

कोरोना संक्रमणको समयमा पनि हुन्डाईको कार बिक्रीमा भने खासै कमी आएन । कम्पनीको क्रेटा र आई २० कार सबैभन्दा धेरै बिक्री भए । कोरोना संक्रमणको समयमा पनि कम्पनीको शेयर १७.३६ प्रतिशत बढ्यो ।

३. टाटा

पछिल्लो वर्ष टाटाले २० हजार यूनिट कार बिक्री गरेको कम्पनीले बताएको छ । यक्त वर्ष कम्पनीको शेयर मूल्य ७.८७ प्रतिशत बढ्यो । (एजेन्सी)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.