add

गल्फ लुब्रिकेन्ट बिक्री गरेवापत सुजुकी स्विफ्ट गाडी हस्तान्तरण






ActPro Nepal

|

९ फागुन, २०७७

|
680


काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किम अन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ ।

बुढाथोकीले विगत ४ वर्ष देखि नेपाल ल्युब आयलको काठमाडौं क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालि अन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्री–वितरण गर्दै आएका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयल लिमिटेडका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे ।

सो अवसरमा नेपाल ल्युब आयलका डिलर इनचार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति थियो ।

गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिवद्धता ब्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयल लिमिटेडले क्लब स्किम अन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्ने गरेको छ ।

एभ ट्रेडिङले विगत ८ वर्ष देखि नै काठमाडौं क्षेत्रमा नेपाल ल्युब आयल लिमिटेड अन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।

नेपाल ल्युब आयल लिमिटेडले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.