add

रोयल इन्फिल्डका ३५० सीसीका दुई नयाँ भेरियन्ट बजारमा,कति छ मूल्य ?






ActPro Nepal

|

१४ मंसिर, २०७७

|
1021

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो मोडल ‘क्लासिक ३५० सीसी’ को सिग्नल्स भेरियन्टमा दुई नयाँ मोटरसाइकल अन्तर्गतका दुई आकर्षण रंगहरु ‘एयरबर्न ब्लु र स्ट्रोम्राइडर स्यान्ड’ सर्वजनिक गरेको छ ।

रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि ड्युल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस रोयल ब्रान्डका ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाईकल बजारमा ल्याएको हो ।

नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५० सिग्नल्स बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।

बीएस आइभी संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी ड्युल च्यानल एबीएस पनि राखिएको छ । यसको मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड गरी दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।

सन् २००८ देखि बिक्री बितरणमा आएको रोयल ईन्फिल्ड क्लासिक ३५० सीसी मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रीटिस मोटरसाईकलहरुको स्मरण गराउने कम्पनीले जानकारी गराएको छ ।

सम्बान्धित समाचार :

एशियामा बढ्दो ‘रोयल इन्फिल्ड’ मोह, कस्तो छ नेपाली बजार मूल्य ?

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मेटियोर ३५०’ ल्याउँदै



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.