add

राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत






ActPro Nepal

|

१५ वैशाख, २०८१

|
81

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत भएका छन  । 

शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा पाटन डेटलाइनबाट समाचार सम्प्रेषण गरिरहनुभएका घिमिरे, ललितपुरमा क्रियाशील पाेजेटिभ आइ नेपालका गंगाबहादुर लामा, कृषि पत्रिका अनलाइनमा कार्यरत गाेपाल आलेमगर ललितपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन । 

त्यस्तै, क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसमा कार्यरत केशवबहादुर भुल र नयाँ पत्रिका दैनिकमा कार्यरत अम्बिका  कुमारी पाैडेल पुरस्कृत भएका छन । 

शाखाले पूर्वअध्यक्ष तथा महासंघका केन्द्रीय लेखा समिति संयाेजक लेखनाथ न्याैपाने धर्मरत्न शाक्य आदर्श पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए भने प्रेस सेनानी सम्मानबाट पूर्वअध्यक्ष प्रभुनारायण बस्नेत र धर्मेन्द्र कर्ण पुरस्कृत भएका छन । 

साधारणसभामा शाखाले पूर्वअध्यक्षहरु प्रभुनारायण बस्नेत, उजिर मगर, लेखनाथ न्याैपाने र ज्ञानप्रसाद पाैडेललाई पूर्वअध्यक्षकाे सम्मान समेत प्रदान गरेको छ। 

पुरस्कृत हुनेहरुलाई सूचना, सञ्चार तथा प्रबिधि मन्त्री रेखा शर्माले सम्मानपत्र सहित पुरस्कार रकमकाे चेक हस्तान्तरण गरिन । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.