add

सार्वजनिक सवारीलाई पनि सबै सिटमा यात्रु बोक्न दिइने






ActPro Nepal

|

२७ असोज, २०७७

|
932

काठमाडौं । सरकारले नेपालीहरुको ठूलो चाड दशैँमा बढ्ने यात्रुको भिडभाडलाई मध्ये नजर गर्दै सार्वजनिक सवारीले सबै सिटमा यात्रु बोक्न पाउन व्यवस्था गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।

यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जनाकारी दिए ।

यसअघि एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ।

‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.