add

आइएमई अटोमोटिभ्स्को दशै अफर, एस्कर्टस कन्स्ट्रक्सन इक्युप्मेन्टको खरीदमा उपहार






ActPro Nepal

|

२६ असोज, २०७७

|
700

काठमाडौं । नेपालका लागी एस्कर्टस कन्स्ट्रक्सन इक्युप्मेन्ट को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले एस्कर्टस मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ । सो अफरअन्र्तगत कुनै पनि एस्कर्टस मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको होम अपलान्स प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पनि पाउनेछन् ।

आइएमई अटोमोटिभ्स् ले यो अफर दशैं तिहार र छठ पर्वलाई लक्षित गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

एस्कर्टस द्यचबलम को पिक एण्ड क्यारी क्रेन नेपालमा सर्वाधिक लोकप्रिय र सर्वाधिक बिक्री हुने मेसिन हो साथै ब्याको लोडर, रोलर र कम्प्याकटरलगायतका मेसिनहरुको उत्पादन पनि बजारमा छन् । कम इन्धन खपत, मर्मत खर्च कम र उत्कृष्ट कार्यक्षमताले यो मेसिनहरु नेपालमा धेरै बिक्रि हुने गरेका छन् । एस्कर्टसले बिक्रिलाई मात्र नभई बिक्रि पछिको सेवालाई जोड दिँदै नेपालको बजारमा राम्रो स्थान बनाउन सफल भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.