add

कियाका गाडी किन्न एनएमबि बैंकबाट २४ घण्टाभित्रै लोन






ActPro Nepal

|

२५ असोज, २०७७

|
1373

काठमाडौं । एनएमबि बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिङ ईन्टरप्राईजिङबीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका हुन्।

उक्त साझेदारीको प्रावधान अनुरुप बैंकले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ ।

दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ ।

किआ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ ।

“कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा.लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ । जससँगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार पार्न मद्दत गर्नेछ” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.