add

भिभोको स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायतका उपहार जित्ने मौका






ActPro Nepal

|

२३ असोज, २०७७

|
1011

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो स्मार्टफोन खरिदमा आश्चर्यजनक तथा भव्य उपहारको लागि विशेष लक्की ड्रको घोषणा गरेको छ ।

दशैंको यो विशेष योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारीक तथा खुद्रा विक्री केन्द्रमा लागू हुनेछ ।

चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो स्मार्टफोन खरिद गर्नेका लागि उपहारहरु जित्ने योजना ल्याएको हो ।

उत्सवलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५ हजार भन्दा माथिका भिभो स्मार्टफोन खरिदमा बिना लागत मासिक किस्ता (ईएमआई) र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक सुविधाहरु पनि रहेका छन् ।

दशैको यो विशेष लक्की ड्र मार्फत ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, इएरबड,पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोन लगायत अन्य उपहारहरु जित्ने मौका पाउने छन् ।

उत्सवको अवधिमा अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहार मार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.