काठमाडौं । हिरो मोटोकर्पले भविष्यको लागि भनेर उच्च प्रदर्शनको इलेक्ट्रिक अल्ट्रा स्पोर्ट अर्थात छोटकरीमा ई.यूएस बाइक निर्माण गर्दैछ । सो बाइक जर्मनीको म्युनिखमा रहेको कम्पनीको टेक्निकल सेन्टरमा निर्माण कार्य हुँदैछ । जर्मनको सो कम्पनीले भारत स्थित राजस्थानमा रहेको आरएन्डडी टिमसँग सहकार्य गरिरहेको छ ।
ई.यूएस प्लेटफर्मले भारतीय बजारको लागि उपयुक्त विभिन्न सुविधाहरु, एक किसिमको ड्राइभट्रेन र भारतीय बजारमा किफायती इलेक्ट्रिक मोटरसाइकल अनुरुप विकास गर्नेछ । ई.यूएस भारतमा नै निर्माण हुनेछ र यसको मूल्य यसको लागतमा निर्भर हुनेछ । हिरो मोटोकर्पले हरेक इलेक्ट्रिक क्षेत्रमा आफ्नो बाहुल्यता जमाउन चाहन्छ ।
हिरो मोटोकर्पको सो प्रयास हालको लागि एक पाइला भए तापनि भविष्यमा राम्रो छवि बनाउने नीति रहेको छ । नयाँ इलेक्ट्रिक प्लेटफर्मको मूल्य प्रिमियम स्तरमा हुने आशा गर्न सक्छ । यद्यपि हिरोले अन्य कम्पनीसँग विशुद्ध प्रतिस्पर्धाको लागि सही मुल्य राख्ने अनुमान गरिएको छ । यसमा अन्य कम्पनी जस्तै सस्पेन्सन सिस्टम, ब्रेक र चेसिस हुनेछ ।
बाइक निर्माता कम्पनी आफ्नो इलेक्ट्रिक भेइकल बजारमा बढी हिस्सा ओगटेको हेर्न चाहन्छ । भविष्यमा नयाँ नयाँ ब्राण्ड र उत्कृष्ट फिचर समावेश भएको भेइकल निर्माण हुने सम्भावना रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।