add

गैरकानूनी रुपमा भित्रिएका ८ वटा विद्युतीय गाडी १० महिनादेखि बन्दरगाहमै थन्किए






ActPro Nepal

|

७ असार, २०७७

|
913

काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानूनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन्।

ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो। त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ।

आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नहुँदा व्यक्तिगत रुपमा आयातकर्ताले आयात गर्दा त्यसलाई गैरकानूनी मानिने रहेको छ।

ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडीहरु छुटाउन नसकेको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए।

यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा राजश्व संकलनमा रु ११ अर्ब घाटा बेहोर्नु परेको छ।

कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म एक खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजार राजश्व उठाउने लक्ष्य भएकोमा ६४ दशमलब ७१ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजारमात्र राजश्व सं‌कलन भएको थियो। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.