add

रिकन्डिसन गाडी छनोट गर्दा यी कुरामा ध्यान दिनुहोस






ActPro Nepal

|

९ जेठ, २०७७

|
1540

काठमाडौं । लकडाउन सकिएपछि रिकन्डिसन बजारमा ठूलो मात्रामा कारोवार हुने अनुमान सुरु भएको छ । यस्तोमा कसरी सेकेन्ड ह्याण्ड कार छनोट गर्ने भन्ने अन्योलता धेरैमा रहेको पाइन्छ ।

विश्व अटो बजारमा नयाँको तुलनामा पुराना गाडीको कारोबार धेरै हुने गरेतथ्यांक पाउन सकिन्छ । विशेषत सवारीसाधनमा परिवर्तन हुने टेक्नोलोजि, सुरक्षा फिचर र डिजाइनका कारण दोस्रो बजारमा करोडौंको संख्यामा सवारीसाधन आइरहेका हुन्छन् ।

नेपाल जस्तो अत्यन्तै महंगो मूल्यमा कार किन्नुपर्ने ठाँउमा रिकन्डिसन कारको बजार अझ निकै ठूलो हुन्छ । साथै, दुई पाँग्रेबाट चार पाँग्रे सवारीसाधनमा उक्लन चाहने मानिसको संख्या बढ्दै गएकाले सेकेन्ड ह्यान्ड बजार ठूलो हुँदै गएको हो ।

त्यसैले तपाई पनि बजारमा सेकेन्ड ह्यान्ड कार किन्ने सोच्दै हुनुहुन्छ भने केही विशेष कुरामा ध्यान दिएर गाडी छनोट गर्नु होला ।

बडी स्टाइल

सेकेन्ड ह्यान्ड कार खरिद गर्न चाहनेले सबैभन्दा पहिला गर्नु पर्ने काम कारको बडी स्टाइल कस्तो छ भन्ने हो । आफ्नो माग र आवश्यकता अनुरुप कारको स्टाइल छ वा छैन बुझ्नु पर्छ ।

आफूसँग ठिकैको बजेट छ र पहिलो पटक कार किन्दै हुनुहुन्छ भने, ह्याचब्याक सेग्मेन्ट कार छनौट गर्नु उपयुक्त हुन्छ । यदी, पहिलो कारबाट दोस्रोमा उक्लदै हुनुहुन्छ भने मिडसाइड सेडान वा कम्प्याक्ट एसयूभी उपयूक्त हुन सक्छ ।

शहरी क्षेत्र तथा हाइवेमा चलाउने हो भने सेडान कार छान्न सकिन्छ भने, रफ र अफरोड ड्राइभिङको लागि कम्प्याक्ट एसयूभी छनौट गर्न सकिन्छ ।

ब्राण्ड

सेकेन्ड ह्यान्ड कार कुन ब्राण्डको हो भन्ने बुझ्नु जरुरी छ । रिकन्डिशनमा बेच्दा कति पैसा आउछ भन्ने पहिल्यै बुझ्नुपर्छ । विशेषत, सेकेन्ड ह्यान्ड मार्केटमा मारुती सुजुकी र हुन्डाईका कार बढि खोजिने गरिन्छ । यसका अलवा टोयोटा, टाटा, महिन्द्रा र होन्डा पाँच ब्रान्डका कार बढि खोजिनेमा पर्छन् ।

एक पटक प्रयोग गरिसकेको कार चढ्न चाहनेलाई फोर्ड, फक्सस्वागेन, स्कोडा, रेनोलगायत ब्राण्डका कार पनि राम्रा हुने गर्छन् । तर, सर्भिसको पक्का आधार नभएका ब्राण्डको कार नकिन्दा ठिक हुन्छ ।

एक्सटेरियरको जाँच

कारको एक्सटेरियर कस्तो अवस्थामा रहेको छ भन्ने कुरा बुझनु पर्छ । कारमा डेन्ट, स्क्राच, पेन्ट चिपीङ र रस्ट फर्मेशन भए नभएकोबारे बुझ्नु पर्छ । फ्रन्ट  र रियर साइडलाई राम्रोसँग चेकजाँच गर्नुपर्छ ।  फ्रन्ट ग्रिल, फग ल्याम्प, रियर लाइट, लगायतका पार्टमा समस्या आए नआएको परिक्षण गर्नुपर्छ ।

इन्टेरियरमा जाँच

इन्टेरियरमा विशेषत क्याविन, ड्याशबोर्ड, डोर प्यानल, सिट, स्टेयरिङ लगायतका पार्टमा समस्या आए नआएको बुझ्नुपर्छ । भने रबर लाइनिङ, इनर बुट आइडी, लगायतका पार्टको अवस्था कस्तो छ,  नियाल्नुपर्छ ।

मेकानिकल परिक्षण

कारको मेकानिकल र इलेक्ट्रीकल पार्टपुर्जाको अवस्थाबारे चेकजाँच गर्नुपर्छ । इन्जिन, अर्लरनेटर, ब्याट्री, टायर लगायतका पार्टको अवस्थाबारे बुझ्नुपर्छ ।

कारको टेष्ट ड्राइभ अनिवार्य गर्नैपर्छ भने गियरबक्स, ब्रेक, टायर र इन्जिनबाट आवाज आए नआएको थाहा पाउनुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.