एजेन्सी । लकडाउनको बीचमा नै भारतको मारुति सुजुकीले अहिलेसम्म ५००० कारहरू विक्रि गरेको छ । अटो कम्पनीहरूले सामाजिक दुरी गर्दै उत्पादन र शोरूम खोल्ने अनुमति पाएका थिए ।
मारुति सुजुकीले ग्राहकहरुलाई अनलाइन बुकिंग र होम डेलिभरीको सुविधा दिईरहेको छ । कम्पनीले आफ्ना सबै प्लान्ट र शोरूमहरूको लागि एक स्टयाण्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेको थियो ।
लकडाउडको बीचमा कम्पनीले ग्राहकहरूलाई शोरूममा आउनुको सट्टा डिजिटल प्रक्रियामा बसेर घरबाट कारहरू किन्न सहयोग सहयोग गरिहेको छ । लकडाउनमा पनि स्यानिटाइजरले सफा गरेका कारहरु ग्राहकहरुका घर पुग्दै छन ।
मारुती सुजुकीको भारतभर १३५० वटा शोरूम र ३०० आउटलेटहरू छन । जहाँ मानक अपरेटिंग प्रोसिजर (एसओपी) लाई ध्यानमा राख्दै काम भइरहेको छ । सबै शोरूमहरूमा सामाजिक दूरीको नियम पालना गरिएको छ । शोरूमको भित्र र बाहिर निरन्तर सरनिटाइजेशन गर्ने गरेका छन ।
मारुती सुजुकीको मानेसर प्लान्टमा मे १२ देखि उत्पादन शुरु भएको छ । मारुति सुजुकी इण्डियाका सीईओ केनिची आयुकावाका अनुसार लकडाकको बीचमा कारको होम डेलिभरी सेवा गर्न पाउँदा हामी खुसी छौं। ग्राहकहरू घरैमा बसिरहेका बेलामा कारहरू खरीद पाइरहनु भएको छ र कम्पनीले उहाँहरूलाई सबै नियमहरू पालना गर्दै घरमै कार पाइरहनु भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।