add

लकडाउनका कारण वीरगञ्ज नाकामा ८०० भन्दा बढी नयाँ गाडी थन्किए






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
1066

वीरगञ्ज  । लकडाउनका कारण वीरगञ्ज नाकामा ८०० भन्दा बढी नयाँ गाडी थन्किएका छन् । लकडाउनमा आयातकर्ता गाडी छुटाउन नआएपछि आयातित गाडी भन्सारमै रोकिएका हुन् । 

वीरगञ्जका इनर्वा नाकामा ५०३ ओटा गाडीको जाँजपास हुन नसकेको भन्सारले बताएको छ । एकीकृत जाँच चौकी (आईसीपी) मा ३०० ओटा गाडी रोकिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । 

लकडाउनको समयमा भन्सारले सबै प्रकारका आयातित बस्तु जाँचपास गरिरहेको छ  तर आयातकर्ता नै गाडी छुटाउन नआएपछि ठूलो संख्यामा आयातित गाडी रोकिएको भन्सारमै रोकिएका हुन् । 

लकडाउनको समयमा आवागमनमा कठिनाइ र वित्तीय समस्याका कारण आयातकर्ताले गाडी छुटाउन आलटाल गरेको बताइएको छ । भन्सारले नाकामा आइसकेका गाडी  लैजान आयातकर्तालाई सूचित गरेको निरौलाले बताए । 

भन्सारको सूचनापछि किया र महिन्द्रा कम्पनीका आधिकारिक आयातकर्ताले गाडी छुटाउन चासो देखाएका छन् । उनीहरूले भारतको सीमावर्ती शहर रक्सौलमा राखिएका गाडीसमेत छुटाउन चाहेको भन्सारले बताएको छ ।

आयातकर्ताले रक्सौलका गोदाममा समेत गाडी राख्ने गरेका छन् । भन्सारमा रोकिएकामध्ये अधिकांश लकडाउन अगावै भित्रिएका गाडी हुन् ।

भारत र तेस्रो मुलुकबाट आयात भएका गाडी आयातकर्ताले भन्सारमै छोडेका छन् । अहिले गाडीको माग नभएकाले आयातकर्ताले गाडीको जाँचपासमा चासो देखाएका छैनन् ।  

सामान्य अवस्थामा पनि आयातकर्ताले भन्सारसम्म ल्याइएका गाडी ग्राहकले बुक गरेपछिमात्रै छुटाउने गरेका छन् । भन्सारमा आएलगत्तै छुटाउँदा राजस्वमा लाग्ने ब्याज र गोदामको खर्च जोगाउन आयातकर्ताले भन्सारमै गाडी छोड्ने गरेको भन्सार कार्यालयका कर्मचारी बताउँछन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.