add

लकडाउन अवधिभर भारतमा एउटा पनि कार बिकेन, अझै तीन महिना स्थिति उस्तै रहने






ActPro Nepal

|

१५ वैशाख, २०७७

|
799

मुम्बई । अप्रिल महिना सकिन चार दिन बाँकी रहँदासम्म भारतमा एउटा पनि कार बिक्री भएको छैन भने सम्पूर्ण अटोमोबाइल उद्योग, डिलर तथा बिक्री केन्द्रहरु बन्द रहेका छन् ।

विश्वको पाँचौ ठूलो अर्थतन्त्र भारत कोरोनाभाइरसको महामारी चपेटामा परेपछि एक महिनाभन्दा अघिदेखि लकडाउनमा छ ।

सुजुकी, टीभीएस मोटर्स, महिन्द्रा एण्ड महिन्द्रा र टाटाजस्ता ठूला कारनिर्माताहरु आगामी महिना पनि कार विक्री हुनेमा शंका गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारी नियन्त्रणका लागि कुनै कसर नछाडिने र अपेक्षित नियन्त्रणमा नआए लकडाउन तथा अन्य सुरक्षा उपायहरु कायम राखिने बताएका छन् ।

मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले आगामी महिना पनि उत्पादन तथा विक्रीको राम्रो संभावना नदेखिएको बताएका छन् । उनका अनुसार अटो उद्योगले अब उत्पादन तथा विक्रीमा इन्नोभेसन ल्याउनु पर्ने आवश्यकता देखिएको छ ।

यो समस्या अब कार उत्पादकहरुको मात्र नभएर भारतीय अर्थतन्त्रकै समस्या बनेको छ ।

भारतमा अटोमोबाइल उद्योगले ४ करोड जनालाई रोजगारी दिएको छ भने मुलुकको कुल गार्हस्थ उत्पादनमा ८ प्रतिशत र सरकारी करमा १५ प्रतिशतको योगदान दिएको छ ।

सरकारले अटो कारखाना सञ्चालनको अनुमति दिएको त छ तर उद्योग सञ्चालन कसरी गर्ने भन्नेमा उद्यमीहरुमा अन्यौल छ ।

टीभीएस मोटर्सका अध्यक्ष भेनु श्रिनिवासनले भारतीय अटो उद्योग जापानी शैलीमा जानुपर्ने बताएका छन् । त्यो भनेको जतिसक्दो बढी स्थानीय मानव तथा साधनस्रोतको प्रयोग गर्नु हो ।

हामीले स्थानीय सामग्रीलाई प्राथमिकता दिनुपर्छ । आपूर्तिकर्ताहरु २० किमिसम्मको क्षेत्रभित्र भए भने आपूर्ति श्रृंखला भत्किन पाउँदैन, उनले भने ।

तर, महिन्द्राका पवन गोयन्काले भने अबको तीन महिनासम्ममा अटो उद्योग सञ्चालनमा आयो भने पनि आश्चर्य मान्नुपर्ने स्थिति रहेको बताएका छन् । उद्योग चलेर मात्र हुँदैन, डिलर तथा विक्रेताहरु पनि त्यसका लागि तयार हुनुपर्छ, उनले भने ।

भारतीय अटोमोबाइल उत्पादक समाजका अध्यक्ष राजन वाढेराले चरवद्धरुपमा उद्योग खोल्नुपर्ने सुझाव दिएका छन् । त्यसका लागि सबैभन्दा पहिले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बिक्री खुलाउनुपर्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.