काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) स्थापनाको १६ वर्ष पूरा भएको छ । एनसीएचएलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा एक औपचारिक कार्यक्रम आयोजना गरी १६ औं वार्षिकोत्सव मनाएको हो ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो।
१६ वर्षको यात्रामा, एनसीएचएलले ईसीसी, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, एनपीआई, नेपाल पे क्यूआर, ईएफटी कार्ड सर्भिस कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।
गत आर्थिक वर्षमो एनसीएचएलको भुक्तानी फछ्र्योट ५४ प्रतिशतले बढेको छ । एनसीएचएलले गत आर्थिक वर्षमा १५५ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबार फछ्र्योट गरेको हो । हाल नेसनल पेमेन्ट स्विच (एनपिएस) अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ।
वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले कम्पनीमा १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ।
सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत–मुन्नी राजभण्डारी, प्रोडक्ट लीड–विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स–वन्दना लुइँटेल रहेका छन्।
एनसिएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ।
वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआइसी एसिया बैंक, गरिमा विकास बैंक र आइसिएफसी फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्युआर ट्रान्जेक्सन’ अवार्ड प्रदान गरिएको थियो।
त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ तथा ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल’ अवार्डबाट सम्मानित गरिएको थियो।
नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिजनेस विथ कर्पोरेट पे’ अवार्ड प्राप्त गर्न सफल भएको छ। नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो।
त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसिएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो।
सरकारी कारोबार बाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुने वाणिज्य बैक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालकरभुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।