add

महिन्द्राको सबैभन्दा सस्तो एसयूभी नयाँ इन्जिनमा, यस्ता छन् फिचर






ActPro Nepal

|

१२ वैशाख, २०७७

|
901

काठमाडौं । महिन्द्राको सबैभन्दा कम मूल्यको एसयूभी ‘केयूभी १००’ बीएस ६ मापदण्डको इन्जिनमा सार्वजनिक भएको छ । कम्पनीले यसको डिजेल इन्जिन भने अपग्रेड गरेको छैन । ड्यासबोर्डमा दिइएको गियर लिभरको साथ आएको नयाँ केयूभी १०० पहिलेभन्दा धेरै स्पेसियस रहेको कम्पनीले दाबी गरेको छ ।

महिन्द्राको माइक्रो एसयूभीको रुपमा परिचित यो गाडी अहिले ४ भेरियन्टमा बजारमा आएको छ । कम्पनीले के २ भेरियन्टलाई ६ सिटर अप्सनमा ल्याएको छ भने के ४ प्लस, के ६ प्लस र के ८ प्लस भेरियन्टमा उपलब्ध हुने जनाएको छ ।

कम्पनीले यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले ८२ बीएच पावर प्रदान गर्ने जनाइएको छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ । यसको साथै महिन्द्राले केयूभी १०० इलेक्ट्रीक पनि लकडाउन सकिएपछि बिक्री सुरु गर्ने जनाएको छ ।

नयाँ केयूभी १०० विभिन्न ६ कलर अप्सनमा उपलब्ध रहेको छ । जसमा ओरेन्ज, ह्वाइट, सिल्भर, रेड, ग्रे र व्ल्याक कलर रहेको छ । साथैे कम्पनीले यसमा डियूल टोन कलर पनि उपलब्ध गराउने छ ।

कम्पनीले यसको फिचरहरुमा खासै परिवर्तन गरेको छैन । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, किलेस इन्ट्री, स्टेरिङ माउनटेड कन्ट्रोल, १५ इन्चको अलोय ह्वील, एड्जस्टेवल ड्राइभर सिट जस्ता फिचर रहेको छ ।

सुरक्षाको लागि केयूभी १०० मा दुई एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर, हाई स्पीड वार्निङ, सिट बेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहेका छन् ।

अहिले कम्पनीले नेपालमा बिक्री गर्दै आएको केयूभीको मूल्य २७ लाख ७५ हजारबाट सुरु हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.