add

किस्तामा मोटरसाइकल वा कार किन्नुअघि यी दुई कुरा बुझौँ






ActPro Nepal

|

२८ चैत, २०७६

|
838

काठमाडौं । तपाई आफ्नो प्रयोजनको लागि मोटरसाइकल वा कार किन्ने विषयमा सोच्दै हुनुहुन्छ भने कुन वित्तीय संस्थाले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउँछन् भनेर हेर्दै हुनुहुन्छ होला । धेरै मानिसले यही गर्ने गरेका छन्, आजकल बैंकले कति प्रतिशत व्याजमा कर्जा दिन्छ भनेर मात्र बस्नु पर्दैन ।

तपाईले पनि कुनै कार खरिदगर्ने प्लान बनाउनु भयो र आफ्नो पुरा वित्तीय प्लान नगरी कार खरिदगर्न डिलरकोमा जाँदै हुनुहुन्छ भने तपाईले तयारी नपुगेको हर्जना महंगो ब्याजमा गाडी किनेर तिर्नु पर्ने हुनसक्छ ।

नेपालमा पछिल्ला दिनमा डिलरहरुले नै लोन दिएर मोटरसाइकल तथा कार बिक्री वितरण गर्दै आएका छन् । उदारणको लागि बैंकले दिने कर्जाभन्दा सस्तो व्याजदरमा स्याकार फाइनान्सले होन्डाका मोटरसाइकल र कारमा कर्जा दिदै आएको छ ।

यस्ता हायर पर्चेज कम्पनीले ऋणको ब्याज दर गाडी खरिदकर्ताको क्षमता हेरेर तोक्ने गर्छन् । हायरपर्चेज लोनका लागि अटोमोवाइल ब्यवसायीलेनै कम्पनी खोलेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थालेमात्रै हायरपर्चेज कर्जा दिन्थे ।

तपार्इले खरिदगर्ने मोटरसाइकल वा कारको मासिक किस्ता कति हुन्छ र तपाईले खोज्नुभएको भुक्तानी मोड कस्तो हो त्यही अनुसार निर्णयमा पुग्नुपर्ने हुन्छ ।

यदी मासिक भुक्तानीमा ध्यानदिनु भएन भने तपाईं एक खराब ऋणी बन्ने सम्भावना हुन्छ । त्यसैले सधै आफ्नो सपनाको मोटरसाइकल वा कार किन्दा होशियारी अपनाउनुहोस् । विशेषत लोनमा कार किन्दा दुई कुरामा ध्यान दिनुुस् ।

लोनको लागत हेर्नुहोस्

अटो लोन लिन जाँदा सबैभन्दा पहिला हेर्नु पर्ने विषय भनेको वार्षिक ब्याज दर नै हो । कम्पनीहरुले बेला बखत ब्याजदरमा अफर ल्याइ रहेका हुन्छन् । त्यसमा सधै ध्यान राख्नुहोस् । यदी कम दरमा तपाईले कर्जा पाउनु भयो भने त्यसबाट दिर्घकालीन बचत गर्न सकिन्छ । आफ्नो आर्थिक अबस्था अनुसारको सवारी साधन छनोट गर्नुहोस् ।

लोनको समयावधी

अर्को विचार गर्नुपर्ने कुरा भनेको ऋणको समयावधी हो, जसले तपाईंको मासिक भुक्तानी र वित्तीय सन्तुलनमा असर पार्न सक्छ । छोटो अवधिको मतलब अधिक मासिक भुक्तानी गर्नु पर्ने हुन्छ तर, यसमा कम व्याज भुक्तानी गरे पुग्छ । जति लामो हुन्छ त्यति नै धेरै ब्याज तिर्नुपर्ने हुन्छ त्यसैले सकेसम्म ऋणको लम्बाइलाई छोटो राख्न प्रयास गर्नुपर्छ । तपाईंले छोटो अविधीको ऋण लिनुभएको छ भने त्यसले समयको मात्रासमेत कमगर्छ ।

लामो–अवधीको अटो ऋणलिएर किनेको मोटरसाइकल र कार तपाईंले चाँडै बेच्नु पर्यो भने, तपाईंले प्राप्तगर्ने मूल्यले तपाईंको बैंकलाई तिर्नुपर्ने रकम तिर्नसमेत पुग्दैन । यदी तपाईंको सवारीसाधन चोरी भयो वा बिग्रीयो भने, तपाईंको बीमाले गर्ने भुक्तानीले बाँकी ऋणको भुक्तानगर्न पर्याप्त हुने छैन ।

त्यसैले मोटरसाइकल वा कार किन्दा मूल्य, ब्याजदर र किस्ताको समयावधीमा विशेष ध्यान दिनुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.